२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

हिमालयन ८०–२० को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय

२४ भदाै, काठमाडाैं। हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई करसहित घोषणा गरेको १५ प्रतिशत नगद प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरिएको छ । योजना व्यवस्थापक हिमालयन क्यापिटलका अनुसार प्रतिफल वितरण प्रयोजनका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको छ। यसकाे अर्थ असोज ७ गतेसम्मम्म नेप्सेमा कारोबार भई प्रचलित कानूनबमोजिम तोकिएको समयावधिभित्र रीतपूर्वक नामसारी भइसकेका इकाइधनीले मात्र नगद प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले योग्य इकाइधनी तथा खरिदकर्ताहरूलाई सोहीअनुसार इकाइ नामसारी गर्न आग्रह गरेको छ। यस्तै कम्पनीले प्रतिफलका लागि योग्य इकाइधनीको बैंक खातामा रकम स्थानान्तरण गरी भुक्तानी गरिने जनाएको छ। त्यसका लागि सम्बन्धित इकाइधनीलाई आफ्नो निक्षेप सदस्य(डीपी)सँग सम्पर्क गरी हितग्राही खातामा बैंक विवरण अद्यावधिक गराउन आग्रह गरिएको छ।

प्रकाशित मिति : September 9, 2026 at 9:10 am