२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

पुराना दलहरू सुध्रनुस्, अझै पनि समय छः गृहमन्त्री गुरूङ

२३ भदौ, काठमाडौं। गृहमन्त्री सुधन गुरूङले पुराना दलहरूलाई सुध्रन आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै जेनजी आन्दोलनलाई अपमान नगर्न पनि आग्रह गरेका छन् ।

‘तीन करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो,’ उनले भने, ‘तपाईंले यो आन्दोलन अपमान गर्नुहुन्छ भने तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको हो, यो कुरा स्मरण गर्नुस्। त्यसकारण सुध्रनुस्, अझै पनि समय छ।’

dainiki.com

 उनले सुशासनको पक्षमा उभिएका युवालाई सरकारले गोली हानेको बताए। उनले जेनजीको मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए। अहिलेको सरकारले जेनजीको मागलाई सम्बोधन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो। उनले सुशासन स्थापित गर्न आफूलाई जिम्मेवारी दिएको भन्दै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई धन्यवाद पनि दिएका छन्।

प्रकाशित मिति : September 8, 2026 at 3:35 pm