२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

‘नेपाल डे’ को नाममा असोज ३ गते राष्ट्रिय दिवस मनाउने सरकारको निर्णय


१५ चैत, काठमाडौँ । सरकारले राष्ट्रिय दिवस ‘नेपाल डे’ को रुपमा असोज ३ गते मनाउने निर्णय गरेको छ । संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले दैनिकीलाई जानकारी दिए ।

बास्कोटाले मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको बताए । २०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएको थियो ।

पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा यसअघि मनाउने गरिएकोमा जनआन्दोलन २०६२ र ६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १४:५६