२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

माण्डु हाइड्रोपावरको १.२२ करोड कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै

२३ भदौ, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको लक इन अवधि आजदेखि समाप्त हुने भएको छ । आजदेखि कम्पनीको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो । लक इन अवधि समाप्त हुन लागेका सेयरहरूमा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको १ लाख ९३ हजार ७ सय कित्ता र कर्मचारीहरूका लागि सुरक्षित गरिएको २८ हजार ८५३ कित्ता सेयर रहेका छन् ।

dainiki.com

 कम्पनीको सेयर सर्वसाधारणका लागि २०८० साल भदौ २४ गते बाँडफाँड गरिएको थियो। धितोपत्रसम्बन्धी नियम अनुसार बाँडफाँड गरिएको मितिले तीन वर्षसम्म सेयर लक इनमा राख्नुपर्ने प्रावधान रहे बमोजिम उक्त अवधि समाप्त हुन लागेको हो। सञ्चालकहरू तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का नै रहनेछ।

प्रकाशित मिति : September 8, 2026 at 9:40 am