२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेप्सेमा सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन

२३ भदौ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन सुपर मादीको १५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ४५८ रुपैयाँ २६ पैसा कायम भएको छ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर भोली अर्थात भदौ २४ गते, बुधबार, दोस्रो बजारमा कम्पनीको कारोबार खुल्नेछ।

प्रकाशित मिति : September 8, 2026 at 9:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/