लिवर्टी इनर्जीको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त
२२ भदौ, काठमाडौं। लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे स्वतन्त्र सञ्चालक पदमा जीवनप्रकाश सिटौला नियुक्त भएका छन् । कम्पनीको गत भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त स्वतन्त्र सञ्चालकमा सिटौलालाई नियुक्त गर्ने निर्णय गरेको हो।

सिटौलालाई आगामी वार्षिक साधारण सभासम्मका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति : September 7, 2026 at 10:47 am


