२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मन्त्री अधिकारीसहित सात जनाको शव बोकेर सुकेटारबाट हेलिकप्टर उड्यो, हेर्नुहोस् सात तस्बीर

१६ फागुन, काठमाडाैँ । हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौँ उडेको छ ।

सुकेटार विमानस्थलबाट मृतकहरूको शव बोकेर सेनाको हेलिकोप्टर केहीबेर अघिमात्रै उडेको एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी केदार रिजालले बताएका छन । सातै जनाको शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार १२:५९