२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

राप्रपा अनुशासन समितिले सोध्यो बागमती प्रदेशका ३ सांसदलाई स्पष्टीकरण

२१ भदौ,  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय अनुशासन समितिले बागमती प्रदेशका ३ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। अनुशासन समितिले सांसदहरूलाई ७२ घन्टे स्पष्टीकरण सोधेको हो।  प्रदेश सांसदहरू मोनिका श्रेष्ठ, डम्बर तामाङ र नुरज बज्राचार्यलाई गत १९ गते राप्रपाको अनुशासन समितिले स्पष्टीकरण सोधेको हो ।

dainiki.com

राप्रपाले बागमती प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको थियो । तर, ती सांसदले उक्त निर्देशनको उल्लंघन गर्दै पार्टी केन्द्रको निर्देशनविपरीत बागमती मुख्यमन्त्री नेकपा एमालेका किरण थापा मगरलाई विश्वास मत दिएका थिए। उनीहरूलाई प्रदेश सभा सदस्यबाट पदमुक्त र पार्टी साधारण सदस्यताबाट निलम्बन किन नगर्ने भनेर अनुशासन समितिले स्पष्टीकरण सोधेको हो।

प्रकाशित मिति : September 6, 2026 at 4:00 pm