२ जेष्ठ २०८२, बिहीबार | Thu May 15 2025

नक्कली डाक्टर बनेर युवती बलात्कार गर्ने पूर्व सैनिक अर्जुन कोइराला पक्राउ

१५ चैत, काठमाडौँ । काठमाडौँमा बलात्कारका घटना बढेको छ । चिकित्सकलाई चिनेको भन्दै आमाको उपचारमा सहयोग गर्ने बहानामा एक युवातीलाई बलत्कार गर्ने पाल्पाका अर्जुन कोइरालालाई पक्राउ गरेको हो ।

कोइराला सेना भित्रै बलात्कारको अभियोगमा बर्खास्तमा परेका थिए । कोइरालाले आफू डाक्टर भएको भन्दै विभिन्न प्रलोभन देखाएर ती युवतीलाई पटक पटक बलात्कार गरेका थिए ।


चैत ६ गते गंगालाल अस्पतालमा आमाको उपचारको लागि आएकी ती युवतीलाई आफू डा भएको र आमाको उपचारमा सघाउने भन्दै सम्बन्ध बनाएर बलात्कार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

कोइरालाले आफ्नो नाम सन्तोष घले बताउँदै गंगालाल अस्पतालका डाक्टरसँग राम्रो चिनजान भएको भन्दै युवतीलाई बलात्कार गरेका थिए । उनले युवतीलाई गेष्ट हाउसमा लगेर घटना सार्वजनिक नगर्न दवाव दिँदै पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १४:३०