२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

स्वर्गीय अधिकारीको अन्त्येष्टिको कार्यक्रम तय गर्न नेकपाको सचिवालय बैठक बस्दै

१६ फागुन, काठमाडाैँ । ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको अन्त्येष्टिको कार्यक्रम तय गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठक बस्दैछ । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले मन्त्री अधिकारीको अन्त्येष्टिको कार्यक्रम तय गर्नेछ ।

सचिवलाय बैठकमा सहभागी हुन सचिवालयका सदस्यहरू बालुवाटार पुग्न थालेका छन । यसअघि हिजो बालुवाटारमै बसेको मन्त्रिपरिद्को अाकस्मिक बैठकले अाज राष्ट्रिय शोक मनाउने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदास बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार १०:११