गगन थापा बाढी प्रभावित क्षेत्र रसुवामा
१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित रसुवा पुगेका छन् । उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।

थापा रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका छन् । सभापति थापासँगै राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्वसिइओ गोविन्दराज पोखरेललगायत पनि सहभागी छन्। यसअघि सभापति थापा धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्र पुगेका थिए।
प्रकाशित मिति : September 4, 2026 at 11:07 am


