मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइँदै, टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने
१६ फागुन, काठमाडौँ । ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याइदैछ। घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल ल्याइएको छ । मौसम खराब भएकाले शव ल्याउन केही समय लाग्ने भएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मौसम अनुकुल भएलगत्तै शवहरु काठमाडौं पठाइने बताएका छन । शवहरू काठमाडौं ल्याएर पोस्टमार्टम गरेपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।



प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार ०९:५४












