उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीकाे मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय
१७ भदौ, काठमाडौं । सरकारले रसुवा बाढीमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई नि:शुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ । गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार, उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय भएको छ ।
प्रकाशित मिति : September 3, 2026 at 4:47 pm


