संसद बैठकमै ढले सांसद खड्का, अस्पताल लगियो
१८ भदाै, काठमाडौँ। सांसद भरत खड्का संसद बैठककै क्रममा लडेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोल्दै गर्दा सांसद खड्का आफू बसेकै कुर्सीबाट ढलेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेर सदनको कारवाही स्थगित गरेका थिए ।

उनी ढलेसँगै संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको छ ।
प्रकाशित मिति : September 3, 2026 at 3:05 pm


