२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सुरुङभित्र फसेकाको उद्धार गर्ने प्रविधि छैन भन्ने प्रधानमन्त्रीको भनाइ झुट र लज्जाजनकः सांसद शर्मा

१८ भदाै, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले शर्माले सुरुङभित्र फसेका नागरिकहरूको उद्धार गर्ने प्रविधि छैन भन्ने प्रधानमन्त्रीको भनाइ सरासर झुट भएको बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपद्ले निम्त्याएको मानवीय सङ्कटप्रति सरकारको संवेदनहीनतालाई लिएर आलोचना गरेकी छिन् ।

शर्माले भनिन्, ‘अन्तरिक्षमा समेत गएर जीवविज्ञानको खोजी गर्ने आजको युगमा सुरुङभित्र फसेका नागरिकहरूको उद्धार गर्ने प्रविधि छैन भन्ने प्रधानमन्त्रीको भनाइ सरासर झुट र लज्जाजनक भएन र ?’ सरकारले आधुनिक प्रविधिको प्रयोग गरेर आफ्ना नागरिकको ज्यान जोगाउनुपर्नेमा उल्टै गैरजिम्मेवार तर्क अघि सारेको उनले बताइन् ।

dainiki.com

 उद्धार कार्यमा सरकारको नीति स्पष्ट नभएको भन्दै उनले आलोचना गरिन् । सुरुमा विदेशी विशेषज्ञ टोलीलाई उद्धारका लागि अनुमति नदिने र पछि ढिला गरी अनुमति दिएर के अर्थ रहन्छ भन्दै उनले प्रश्न गरिन् ।  उनले भनिन्, ‘पहिला अनुमति नदिने, अहिले सकेनौँ भनेर किन हात ठड्याउँदै छ? जनताको पीडादायी जीवन र फेसबुक प्रचार एउटै होइन। मन्त्री, सांसद गएर स्थानीय निकायका पदाधिकारीहरूलाई थर्काउने, स्टन्ट गर्ने र कन्टेन्ट क्रिएट गर्ने काम भयो।’

प्रकाशित मिति : September 3, 2026 at 2:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/