२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बालेनलाई हर्कले भनेः सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढ्नु अनि अघि बढ्नु

१८ भदौ , काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई विगतमा आफूले दिएको सुझाव स्मरण गर्दै अहिले उनले भोगिरहेको समस्याप्रति टिप्पणी गरेका छन्। बालेनले सफल हुनका लागि आफ्नो सल्लाहमा हिँड्नु पर्ने उनले बताएका छन् ।

साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनसँगको पुरानो मित्रता स्मरण गर्दै सल्लाहकारको कुरा सुन्नुभन्दा आफ्नो फेसबुक स्टाटस पढ्दा फलदायी हुने सुझाव दिएका छन् । साम्पाङ लेख्छन्, ‘बालेन तिम्लाई मैले भनेकै हुँ, पुरानो साथी भएको नाताले ! २७-२८ जना सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढ्नु अनि अघि बढ्नु !’

साम्पाङले आफूले बालेनलाई विगतमा दिएको सुझाव र आफ्नो अनुभवका विषयमा अहिले पनि सोच्न आग्रह गरेका छन्। उनले बालेनको आलोचना गर्ने र असफल बनाउन खोज्नेहरू अहिले उनको वरिपरि रहेको दाबीसमेत गरेका छन्। साम्पाङले बालेनलाई असफल बनाउन खोज्नेहरूले आफूलाई समेत विगतमा त्यस्तै व्यवहार गरेको उल्लेख गर्दै आफूले भोगेको अनुभवबाट सिक्न सुझाव दिएका छन्।

dainiki.com

 ‘त्यो दिनलाई सम्झ, जब तिमी मेयर बनेको केही महिनामै फोहोर रोकिएर समस्या भोगेका थियौ ! काठमाडौंको बन्चरे डाँडामा फोहोर लान रोक्दाको बखत पनि मैले कटाक्ष गरेको थिएँ । त्यसपछि फोहोर व्यवस्थापनमा लागेका थियौ ! मैले गरेको आलोचना देख्ने तर त्यो आलोचना भित्रको सुझाव नदेख्ने र नबुझ्ने ?’ साम्पाङले लेखेका छन् ।

उनले भनेका छन्, ‘यसपालि पनि मैले के भनेको थेँ उद्धारको बारेमा ? तिम्लाई असफल बनाउन तिम्रै सल्लाहकारहरू जिम्मेवार छन् ! तिमी सफल बन्नका लागि मेरो सल्लाहमा हिँड्नै पर्छ ! मुखले I love you भन्दिन । म शब्दमा होइन, व्यवहारमा छ मेरो माया ! तिम्लाई असफल तिम्रै वरिपरिको मान्छेहरूले बनाउँदैछन् ! आँखा चिम्लेर सोच ! तनको आँखाले हेर्दा मलाई देख्दैनौ ! मलाई देख्न मनको आँखा खोलेर हेर ! मनको आँखाले हेर तिम्रो असल मित्रले टाढै बसेर तिम्लाई गाली गरेरै भए पनि सही ठाउँ र सही भूमिकामा ल्याउन चाहेको छ ! यो कुरा बुझ्दा ढिलो भैसक्छ होला तर !’

प्रकाशित मिति : September 3, 2026 at 12:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/