सोपान फर्मास्युटिकल्सको नाफा ८२ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?
१८ भदाै, काठमाडाैं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३ करोड ८२ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ८२.४२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २१ करोड ७७ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी भने ५० करोड ५ लाखबाट बढेर ५१ करोड १४ लाख पुगेको छ । कम्पनीको अन्य आम्दानी १ करोड ५७ लाखबाट घटेर १२ लाख ३३ हजारमा सीमित बनेको छ । कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा ५ करोड ६८ लाखबाट ४ करोड ३९ लाखमा झरेको छ ।

यो अवधिमा कम्पनीको बिक्री तथा वितरण खर्च ४ करोड ७ लाखबाट बढेर ६ करोड ४४ लाख पुगेको छ । प्रशासनिक खर्च पनि ४ करोड २७ लाखबाट बढेर ६ करोड २० लाख पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)१८.३३ रुपैयाँबाट घटेर २.२३ रुपैयाँमा झरेको छ । भने प्रतिसेयर नेटवर्थ ९६.३४ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : September 3, 2026 at 11:03 am


