२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

लाभांशको प्रस्ताव पारित गर्न मुक्तिनाथ क्यापिटलले बोलायो साधारण सभा

१८ भदौ, काठमाडौं। मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारण सभा आगामी असोज ८ गते बिहीबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको १६३औँ बैठकको निर्णयअनुसार साधारण सभा दिउँसो १२ः३० बजे लाजिम्पाटस्थित मुक्तिनाथ विकास बैंक लिमिटेडको सभा कक्षमा बस्नेछ।

dainiki.com

सभामा कम्पनीका अध्यक्षको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८३ असार मसान्तसम्मको वासलात, सोही अवधिमा समाप्त आव २०८२/८३ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने कार्यसूची छ।

साथै, सभाले सञ्चालक समितिको प्रस्तावअनुसार ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

प्रकाशित मिति : September 3, 2026 at 9:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/