१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै

१८ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक बस्दै छ । प्रवक्ता जगदिश खरेलका अनुसार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

घण्टीघरमा हुने बैठकमा भोटेकोशी बाढीको बारेमा छलफल हुने बताइएको छ । सरकारले गरिरहेको काममा अनेकौँ प्रश्नहरू उठिरहेको अवस्थामा रास्वपाले सचिवालय बैठकमा छलफल गर्न लागेको हो । यसअघि रास्वपा सभापति रवि लामिछानले सरकारले सर्वदलीय बैठक बोलाएर छलफल समेत नगरेपछि आफैँ बैठक बोलाएर छलफल गरेका थिए ।

रास्वाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानन्त्री छन । उनले संसदको रोष्ट्रमै उभिएर बुधबार झुटहरू बोलेपछि रास्वपामा थप तनाव उत्पन्न भएको छ । बालेन निकटकाहरू उनको भाषण सुनेर रून मन लाग्यो भन्ने र रवि निकटकाहरूले सरकारले सामान्य मानवीयता समेत देखाउन नसकेको भनेर सामाजिक सञ्जालमै टिप्पणी गर्न थालेका छन । बैठकमा यी सम्पूर्ण विषयमा छलफल र समिक्षा हुने बताइएको छ ।

प्रकाशित मिति : September 3, 2026 at 7:11 am