१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

सरकारलाई श्रम संस्कृति पार्टीले भन्याेः कति श्रमदाता चाहिन्छ, हामी उपलब्ध गराउछाैं

१७ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारलाइ आफ्नो पार्टीको तर्फबाट कति हजार श्रमदाता चाहिन्छ उपलब्ध गराउन तयार रहेको बताएकाे छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै सांसद ध्रुव राईले सङ्कटको बेलामा एकअर्काबीच आरोप प्रत्यारोप गर्न नहुने बताएउँदै सङ्कटमा सबै एकजुट हुनुर्ने बताए।

dainiki.com

उनले भने, ‘यो सङ्कटमा सरकारलाई हाम्रो साथ छ। सरकारसँग असहमति हुन सक्छ, आलोचना हुन सक्छ तर विपत्तिमा राज्य कमजोर बनाउने पक्षमा हामी छैनौँ। हामी राज्यसँग काँधमा काँध मिलाएर, हातमा हात मिलाएर उद्धार र राहतमा अघि बढ्न तयार छौँ। हामी कहाँ उभिनुपर्ने, हामी तयार छौँ।’

प्रकाशित मिति : September 2, 2026 at 5:59 pm