१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

धरानमा एथरको नयाँ अनुभव केन्द्र सञ्चालनमा, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

१७ भदौ, काडमाडाैं । नेपालमा इलेक्ट्रिक मोबिलिटी प्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ। एथर नेपालको नेपालका लागि अधिकृत डिस्ट्रिब्युटर वैद्य इनर्जी प्राइभेट लिमिटेडले धरानको धरान – १, छाता चाेकमा कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा नयाँ एथर अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ।

भदौ १७ गते आज औपचारिक रूपमा अनुभव केन्द्र उद्घाटन गरिएसँगै नेपालमा एथरको अनुभव केन्द्रकाे संख्या १३ पुगेको छ। धरानमा नयाँ अनुभव केन्द्रको सुरुवातसँगै एथर अब देशका प्रमुख शहरहरूमा थप मजबुत रूपमा उपस्थित भएको छ। काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोड लगायतका शहरमा आफ्नो उपस्थिति विस्तार गरिसकेको एथरले अब पूर्वी नेपालका ग्राहकलाई पनि आफ्ना उत्पादन, टेक्नोलोजी र अनरशिप एक्सपेरियन्स नजिकबाट अनुभव गर्ने अवसर दिएको छ।

धरान अनुभव केन्द्रमा ग्राहकले एथरको लोकप्रिय ४५० सिरिज र परिवारलाई केन्द्रमा राखेर तयार गरिएको रिज्तालाई नजिकबाट बुझ्न र टेस्ट राइड गर्न सक्नेछन्। यससँगै धरानमा एथरको नयाँ ४५० एक्स ओभरटोन सिरिज पनि प्रस्तुत गरिएको छ। नयाँ जेनेरेसन को ४५० ले पर्फर्मेन्स मात्र नभई टेक्नोलोजी र राइडिङ एक्सपिरियन्स लाई पनि नयाँ स्तरमा लैजाने उद्देश्य राखेको छ।

४५० मा उपलब्ध म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टर्याक्सन जस्ता फिचर्सले राइडिङ एक्सपिरियन्सलाई अझ सहज र इन्टुइटिभ बनाएका छन्। म्याजिक ट्विस्ट मार्फत थ्रोटल प्रयोग गरेर सहज रूपमा डिसेलरेसन गर्न सकिन्छ भने इन्फिनिट क्रुजले लामो दूरीको राइडमा अझ एफर्टलेस क्रुजिङ एक्सपिरियन्स प्रदान गर्छ। त्यसैगरी भ्वाइस इन्टर्याक्सन मार्फत राइडरले आफ्नो स्कुटरसँग भ्वाइस कमान्ड मार्फत इन्टर्याक्ट गर्न सक्छन्।

अर्कोतर्फ, रिज्तालाई विशेषगरी कम्फर्ट, प्राक्टिकालिटी र परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको छ। यसले एथरको पर्फर्मेन्स-ओरिएन्टेड ४५० सिरिज सँगै एभरिडे फेमिली मोबिलिटीका लागि अर्को आकर्षक विकल्प प्रस्तुत गर्दछ।

एक्सपिरियन्स सेन्टर खुल्नुअघि नै २५ भन्दा बढी बुकिङ

धरानमा एथरको आगमनलाई ग्राहकबाट प्राप्त भएको सुरुवाती प्रतिक्रियाले पनि उत्साहजनक बनाएको छ। एक्सपिरियन्स सेन्टरको औपचारिक उद्घाटन हुनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भइसकेका छन्।

यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम इलेक्ट्रिक स्कुटर र नयाँ जेनेरेसन को टेक्नोलोजी प्रति ग्राहकको चासो बढिरहेको देखाउँछ। धरान एक्सपिरियन्स सेन्टर को उद्घाटनलाई विशेष बनाउन भदौ २३ गतेसम्म ओपनिङ स्किम समेत उपलब्ध गराइएको छ। ग्राहकले आफ्नो आवश्यकता अनुसार एक्सेन्डेड ब्याट्री वारन्टी, ५०% डाउन पेमेन्ट मा ०% इन्टरेस्ट रेट अथवा थप एनपीआर ८,००० भ्यालुएसन बेनिफिट मध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।

यो स्किम सीमित अवधिको लागि मात्र उपलब्ध भएकाले धरान र आसपासका ग्राहकका लागि एथर उनरशिप सुरु गर्ने एकपटक मात्र प्राप्त हुने विशेष अवसर का रूपमा प्रस्तुत गरिएको छ। नेपालमा इलेक्ट्रिक भेहिकल को बजार विस्तार हुँदै गर्दा ग्राहकका लागि स्कुटर किन्नु मात्र पर्याप्त हुँदैन। ब्याट्री, सर्भिस र चार्जिङ जस्ता विषयमा पनि दीर्घकालीन विश्वास आवश्यक हुन्छ। यही कुरालाई ध्यानमा राख्दै वैद्य इनर्जी ले नेपालमा एथर को एथर एस्योरेन्स लाई थप मजबुत बनाउँदै लगेको छ।

एथर को एट सेभेन्टी ब्याट्री वारन्टी अन्तर्गत ब्याट्री मा ८ वर्ष वा ८० हजार किमीसम्मको वारन्टी उपलब्ध छ, जसमा ब्याट्री हेल्थ ७०% कायम रहने एस्योरेन्स दिइएको छ। यसले ग्राहकलाई लामो समयसम्म इलेक्ट्रिक स्कुटर प्रयोग गर्दा ब्याट्री सम्बन्धी थप कन्फिडेन्स प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, वैद्य इनर्जी ले नेपालभर १० भन्दा बढी अथराइज्ड सर्भिस सेन्टर विस्तार गरिसकेको छ। यसले एथर ग्राहकलाई आफ्नो शहर तथा आसपासमै ट्रेन्ड सर्भिस सपोर्ट प्राप्त गर्न सहज बनाएको छ।

चार्जिङ को क्षेत्रमा पनि एथर को नेटवर्क निरन्तर विस्तार भइरहेको छ। हाल नेपालभर ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड निर्माण भइसकेका छन्, जहाँ कम्प्याटिबल एथर स्कुटर लाई ०–८०% सम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिन्छ। यसले दैनिक कम्युटिङ देखि लामो दूरीको यात्रा गर्ने ग्राहकसम्मका लागि चार्जिङ लाई थप सहज बनाउने उद्देश्य राखेको छ।

धरानमा एथरको नयाँ एक्सपिरियन्स सेन्टर सुरु भएसँगै पूर्वी नेपालका ग्राहकले अब एथर ४५०, ४५० एक्स ओभरटोन सिरिज र रिज्तालाई प्रत्यक्ष रूपमा हेर्न, टेक्नोलोजी बुझ्न र टेस्ट राइड गर्न सक्नेछन्। भदौ २३ सम्मको विशेष ओपनिङ स्किमका कारण धरान र आसपासका ग्राहकका लागि एथरसँग जोडिने यो सीमित अवधिको विशेष अवसर पनि बनेको छ।

प्रकाशित मिति : September 2, 2026 at 4:47 pm