२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

नेप्से बढ्ने क्रम जारी, कारोबार रकममा पनि सुधार

१७ भदौ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंकले बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन ३५४ कम्पनीकाे ३९ हजार ६७३ पटकको कारोबारमा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँबराबरको ७२ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशत बढेको छ।  एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य यस दिन सर्वाधिक ५.८१ प्रतिशत घटेको छ। यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावरकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन १४ करोड १७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : September 2, 2026 at 3:32 pm