१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात होः प्रधानमन्त्री बालेन

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भोटेकोशीमा आएको बाढी र जनधनको क्षति र पीडा रसुवा, धादिङ र नुवाकोटको मात्र नभई सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।

dainiki.com

‘यो रसुवा, धादिङ र नुवाकोट मात्र होइन,सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो’, प्रधानमन्त्री शाहले भने ।  प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । मन भक्कानिदा पनि एक आपसमा सेयर गर्ने समय नरहेको बताएका हुन् । ‘मन भक्कानिँदा पनि एकापसमा बिलौना गर्ने समय छैन । सङ्कटको घडीमा देशको नेतृत्वले जनतालाई हिम्मत, आडभरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौ’, प्रधानमन्त्रीले भने, ‘त्यसैले दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन ।’

प्रधानमन्त्रीले विपद्सँग लडिरहँदा सरकारमाथि केही प्रश्न उठिरहेको भन्दै उनले यो विपद् पूर्वानुमान भन्दा बाहिरको विषय भएको बताएका छन् ।

प्रकाशित मिति : September 2, 2026 at 1:44 pm