२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बाढी प्रभावित क्षेत्रका लघुवित्तलाई शाखा स्थानान्तरणमा राष्ट्र बैंकको सहजीकरण

१७ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण प्रभावित भएका लघुवित्त वित्तीय संस्थाहरूलाई आफ्ना शाखा कार्यालयहरू स्थानान्तरण वा समायोजन गर्न विशेष सहजता प्रदान गरेको छ। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८२’ मा संशोधन गर्दै विपद्का कारण भौतिक क्षति पुगेका वा कार्यालय सञ्चालन गर्न असुरक्षित भएका स्थानका लघुवित्त शाखाहरूले राष्ट्र बैंकको पूर्वस्वीकृति नभई सेवा सुचारु गर्नका लागि शाखा स्थानान्तरण वा नजिकैको अर्को शाखामा समायोजन (मर्जर) गर्न सक्ने भएका छन् ।

dainiki.com

विपद् प्रभावित क्षेत्रका लघुवित्तले आफ्नो सहजता अनुसार शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ। यसअघि शाखा सार्न वा समायोजन गर्न राष्ट्र बैंकबाट अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने प्रावधान थियो ।

प्रकाशित मिति : September 2, 2026 at 1:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/