१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना र पुनर्निमार्माणका लागि रहेको बताइएको छ ।

dainiki.com

यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयले तयार गरेको उक्त योजनालाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।

प्रकाशित मिति : September 1, 2026 at 12:40 pm