२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

आइसिएफसि फाइनान्सले घोषणा गर्यो लाभांश

१६ भदौ, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। भदौ १६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई उक्त लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : September 1, 2026 at 11:03 am