२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

१६ भदौ,  काठमाडौँ ।  भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

dainiki.com

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ। यसअघि पनि रास्वपाको आह्वानमा रसुवाको बाढीबारे भदौ ११ गते सर्वदलीय बैठक बसेको थियो।

प्रकाशित मिति : September 1, 2026 at 10:01 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/