शिखर पावर डेभलपमेन्टको १ लाख ११ हजार कित्ता सेयरको लक इन अवधि सकिँदै
१६ भदाै, काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयरको लक इन अवधि समाप्त हुने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार १ लाख ११ हजार कित्ता साधारण सेयरको लक इन अवधि २०८३ असोज २ गते समाप्त हुने जानकारी दिएको हो।
कम्पनीको जारी पूँजी ९८ करोड रुपैयाँ रहेको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरेको थियो। बाँकी सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको थियो। उक्त सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने गरी लक इनमा राखिएको थियो।
प्रकाशित मिति : September 1, 2026 at 9:44 am


