मन्त्री अधिकारीको निधनसँगै प्रचण्डको भोलि नुवाकोट जाने कार्यक्रम स्थगित
१५ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले बिहीबारका लागि निर्धािरित अाफ्ना कार्यक्रमहरू स्थगित गरेका छन । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीसहित सात जानाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको शोकमा राष्ट्रिय शोक मनाउने घोषणा गरेसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भोलि नुवाकोट जाने कार्यक्रम स्थगित गरेका छन ।

बिहीबार प्रचण्डले नुवाकोटको बट्टारामा भोलिबाट सुरू हुने अादिवासी जनजाति महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।
प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार २०:४८












