एडिलेडको ‘चन्द्रकोट ज्वेलर्स’लाई ‘बेस्ट कस्टमर एक्स्पेरियन्स अवार्ड’
एडिलेड (अष्ट्रेलिया) — साउथ अष्ट्रेलियाको एडिलेडस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित ‘चन्द्रकोट ज्वेलर्स’ (Chandrakot Jewellers) ले साउथ अष्ट्रेलियाको स्थानीय सलिसबरी सिटी सेन्टर बाट प्रदान गर्ने सम्मान हात पारेको छ।
सलिसबरी सिटी सेन्टर बिजनेश अवार्ड्स २०२६ (Salisbury City Centre Business Awards 2026) अन्तर्गत चन्द्रकोट ज्वेलर्सले ‘बेस्ट कस्टमर एक्स्पेरियन्स अवार्ड’ (Best Customer Experience Award) जित्न सफल भएको हो।
चन्द्रकोट चन्द्रकोट ज्वेलर्सका निर्देशक आशिष बरालले सम्मान ग्राहकको विश्वास र टोलीको मिहिनेतको परिणाम भएको बताउनुभयो। उहाले पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै चन्द्रकोट ज्वेलर्सले यो जित आफ्ना सम्पूर्ण ग्राहकहरूमा समर्पित गरेको बताउनुभयो।
बरालले `उत्कृष्ट ग्राहक सेवा एक्लै जित्न सकिने कुरा होइन। यो हाम्रा ग्राहकहरूले हामीमाथि देखाउनुभएको निरन्तरको विश्वास र हाम्रो टोलीको दैनिक मिहिनेतको प्रतिफल हो,” भन्नु भयो। “हामीलाई बारम्बार छनोट गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग र प्रत्येक भेटलाई खास बनाउने हाम्रो टोलीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।”
उक्त अवार्ड सलिसबरी बिजनेश एसोसिएसन (Salisbury Business Association) द्वारा आयोजना गरिएको हो। यस विधाको प्रायोजन स्थानीय सांसद जोन फुलब्रुक (John Fulbrook MP) ले गर्नुभएको थियो।
साउथ अष्ट्रेलियाको सलिसबरी क्षेत्रमा लामो समयदेखि गुणस्तरीय बहुमूल्य गहना तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको चन्द्रकोट ज्वेलर्सको यो सफलताले साउथ अष्ट्रेलियामा नेपाली व्यवसायीहरूको पहिचान र प्रतिष्ठा थप उच्च बनाएको स्थानीय नेपाली समुदायले जनाएको छ।

प्रकाशित मिति : August 31, 2026 at 6:51 pm


