१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा, बुक क्लोज कहिले ?

१५ भदाै, काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीका लागि लाभांश घोषणा गरेकाे छ । भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएकाे छ । लाभांश वितरण प्रयोजनका लागि भदौ २४ गते बुधबार एक दिनका लागि बुक क्लोज गरिनेछ।

यसकाे अर्थ भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीहरूले मात्र नगद लाभांश प्राप्त गर्न सक्नेछन् । यस्तै, आफ्नो इकाइ धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका इकाइधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र नगद लाभांश वितरण गरिने व्यवस्था गरिएको छ।

फन्डले लाभांश भुक्तानीका क्रममा प्रचलित आयकर ऐनअनुसार स्रोतमा कर कट्टी हुने भएकाले इकाइधनीहरूले आफ्नो स्थायी लेखा नम्बर (प्यान)अद्यावधिक गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : August 31, 2026 at 10:19 am