२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

निफ्राले घोषणा गर्यो लाभांश

१५ भदौ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैठकले चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत बराबर हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित रकममा लाभांश करसमेत समावेश छ।

सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाइनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको साधारण सभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ।

प्रकाशित मिति : August 31, 2026 at 10:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/