ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाउनेका परिवार भेट्न प्रधानमन्त्री ओली मृतकको घर जाँदै
१५ फागुन, काठमाडाैँ । ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई समवेदना दिन प्रधानमन्त्री के.पी. शर्मा ओली सम्बन्धित व्यक्तिहरूको घरमा जाने भएका छन । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मृतकका परिवारलाइ समवेदना प्रकट गर्न सम्बन्धितको घरमा जान लागेका हुन ।

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरकि उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको घटनास्थलमै मृत्यु भएको थियो । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदास बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।
प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार २०:०५












