१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

कामना सेवा विकास बैंक बिदाको दिन पनि खुल्ने

१४ भदाै, काठमाडौं । कामना सेवा विकास बैंकले सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न शाखाहरू खुला राख्ने भएको छ। बैंकले आगामी भदौ १३ र १४ गते बिदा परे तापनि ग्राहकको सुविधाका लागि निश्चित शाखाहरूबाट सेवा दिने जानकारी दिएको हो।

बैंकका अनुसार यी दुई दिन बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म बैंकका काउन्टरहरू खुला रहनेछन्। भदौ १३ गते कोशी प्रदेशको विराटचोक, मधेश प्रदेशको वीरगन्ज, काठमाडौंको मुख्य शाखा, नारायणघाटको विकास चोक, पोखराको सिर्जनाचोक र बुटवलको कोटीहवा शाखा खुला रहनेछ । यसैगरी भदौ १४ गते कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको बर्दिबास, काठमाडौंको न्युरोड, नारायणघाटको दलदले, पोखराको अमरसिंह, बुटवलको मैनाबगर र पश्चिम क्षेत्रको नेपालगन्ज शाखा खुल्नेछ ।

‘प्रगतिको आधार, कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ बैंकले आफ्ना ग्राहकहरूलाई पर्व वा बिदाको समयमा पनि बैंकिङ सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले यो निर्णय गरेको बताएको छ।

प्रकाशित मिति : August 30, 2026 at 10:50 am