१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

स्वर्गीय रविन्द्र अधिकारीलाई नेपाली राजनीतिका उदयीमान युवा भन्दै यसरी सम्झिए देउवाले

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन सभापति शेरबहादुर देउवाले विज्ञप्ति मार्फत दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् । सभापति देउवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेको नेपाली राजनीतिका उदयीमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएको बताएका छन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १८:०५