२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

एशियन लाइफ इन्स्योरेन्सले बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने

११ भदाै, काठमाडाैं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गर्ने जनाएको हो। बाढीका कारण विस्थापित परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेको उद्धार तथा उपचार र प्रभावितको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ। कम्पनीले विपद्का कारण शोकमा रहेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका आफ्ना कर्मचारी तथा बीमितहरूको सकुशलताको कामना गरेको छ।

प्रकाशित मिति : August 27, 2026 at 6:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/