७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

प्रधानमन्त्री राहत कोषमा पैसा पठाउदा अधिकतम कारोबार सीमा लागू नहुने

११ भदौ,  काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा व्यवस्थापनका लागि सरकारले सञ्चालन गरिरहेकाे ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा गरिने डिजिटल कारोबारमा तोकिएको अधिकतम सीमा (ट्रान्जेक्सन लिमिट) नलाग्ने व्यवस्था गरेको छ।

dainiki.com

 राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई जारी गरेको सूचनामा मोबाइल बैंकिङ, वेब एप्लिकेशन तथा ई–मनीमार्फत यी दुई कोषमा गरिने कारोबारमा अबदेखि एकीकृत निर्देशन, २०८२ मा उल्लेख भए बमोजिमको अधिकतम सीमा लागू नहुने  सूचनामा उल्लेख छ ।

 यस व्यवस्थासँगै बैंक तथा भुक्तानी सेवा प्रदायकमार्फत बाढी तथा डुबान प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकारी राहत कोषमा आवश्यकताअनुसार सहज रूपमा रकम पठाउन सकिने भएको छ। राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयन गर्न अनुमतिपत्रप्राप्त सबै संस्थालाई निर्देशन दिएको छ।

प्रकाशित मिति : August 27, 2026 at 4:02 pm