११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

निरन्तर पाँचौ कारोबारको दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

११ भदौ, काठमाडौं ।  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। बिहीबार नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३४८ कम्पनीकाे ५२ हजार ५७५ पटकको कारोबारमा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ। आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

सर्वोत्तम पेन्ट्सको सेयरमा निरन्तर सकारात्मक सर्किट लागेको छ। अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ९.४५ प्रतिशत घटेको छ। यस दिन शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन २१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।   १३ उपसमूहमध्ये यस दिन आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : August 27, 2026 at 3:22 pm