१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

एनआईसी एशिया बैंकले ‘स्मार्ट टेलर’ संचालनमा ल्यायाे

१५ फागुन, काठमाडौं  । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले ‘स्मार्ट टेलर’ संचालनमा ल्याएको छ । डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइ दिन बैंकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई धुनिकिकरण गरि ‘स्मार्ट टेलर’ संञ्चालनमा ल्याएको जनाएको छ ।

यस ‘स्मार्ट टेलर’ मार्फत बैंकका ग्राहकहरूले चेक विना नै आफ्नो मोवाईल बैंकिङ्ग तथा डेविट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १६:३४