रसुवा बाढीले ७४८ मेगावाटका जलविद्युत् आयोजनामा क्षति
१० भदाै, काठमाडाैं । भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कुल १४ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण सरकारी र निजी क्षेत्रले निर्माण गरिरहेका १४ वटा जलविद्युत तथा सोलार आयोजनामा क्षति पुगेको छ।

इप्पानको प्रारम्भिक विवरण अनुसार विद्युत उत्पादन गरिरहेका ९ वटा र निर्माणाधीन ५ वटा गरी कुल १४ वटा आयोजनामा क्षति पुगेको हो। क्षति पुगेका ३५४ मेगावाट बिजुली उत्पादन गरिरहेका र निर्माणाधीन ३९४ मेगावाट क्षमता गरी कुल ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको हो।

प्रकाशित मिति : August 26, 2026 at 2:26 pm



