रसुवा बाढीले बैंकका शाखा बगायो, विवरण सङ्कलनमा समस्या
१० भदौ, काठमाडौं। बुधबार बिहान भोटेकोसीमा आएको बाढीले बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय बगाएको छ । नेपाल बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन विवरण सङ्कलनमा समस्या भएको छ । बैँकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बाढी आएको थाहा भएसँगै बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेर सबै विवरण सङ्कलन र उद्धारको विषयमा छलफल भएको बताए ।

संघका अनुसार बाढी आएको क्षेत्र टिमुरेमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल, माछापुच्छ्रे, सानिमा, इन्भेस्टमेन्ट मेगा लगायत बैंकका शाखा कार्यालय रहेका थिए ।
प्रकाशित मिति : August 26, 2026 at 12:34 pm



