९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने बढ्यो

९ भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ५.३० अंक घटेर २५९४.२७ विन्दुमा झरेको छ।

मंगलबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३५७ कम्पनीकाे ४६ हजार ५८९ पटकको कारोबारमा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सर्वोत्तम पेन्ट्सको सेयरान यस दिन पनि सकारात्मक सर्किट लागेको छ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १०.०७ प्रतिशत घटेको छ। मकर जितुमाया सुरी हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ९० करोड ७ लाख ९७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।   १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : August 25, 2026 at 3:21 pm