९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

सूचना प्रविधि क्षेत्रका २ दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

९ भदाै, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दै छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो । छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

dainiki.com

छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पार्नेछन् ।

साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

प्रकाशित मिति : August 25, 2026 at 10:52 am