९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सुवास कोइराला नियुक्त

९ भदाै, काठमाडाैं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सुवास कोइराला नियुक्त भएका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठको राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हाे ।

dainiki.com

कोइरालाले लामो समयदेखि नेपालको बीमा क्षेत्रमा काम गर्दै आएका छन्। उनले बीमा दाबी, मानव संसाधन व्यवस्थापन तथा बैंकिङ सञ्चालनलगायतका क्षेत्रमा अनुभव हासिल गरेका छन्।

प्रकाशित मिति : August 25, 2026 at 10:33 am