९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

सुपर मादी हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

९ भदाै, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : August 25, 2026 at 10:17 am