८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सेयर बजार २६ सयमुनि झर्यो, सबै सूचक घटे

८ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३५० कम्पनीकाे ५३ हजार १५३ पटकको कारोबारमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँबराबरको ८५ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सर्वोत्तम पेन्ट्सको सेयरमा निरन्तर आठौँ कारोबार दिन पनि सकारात्मक सर्किट लागेकाे छ । पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ।

यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन १२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१९ प्रतिशत घटेको छ।

प्रकाशित मिति : August 24, 2026 at 3:21 pm