सानिमा ग्रोथ फण्डको प्रतिफल घोषणा, बुकक्लोज कहिले ?
८ भदौ, काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
योजनानन व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।क्यापिटलले प्रतिफल वितरणका लागि भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो प्रतिफल प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : August 24, 2026 at 10:29 am


