प्रभु म्युचुअल फण्डका दुई योजनाहरुले घोषणा गर्यो प्रतिफल
८ भदौ, काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रभु बैंक लिमिटेड कोष प्रबर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड ले १२ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेका हुन्।
प्रकाशित मिति : August 24, 2026 at 10:24 am


