किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँः रवि लामिछाने
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी अस्वीकार गरेकाे बताएका छन् । आइतबार पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले यसअघि आफू २१ सिटको दलको नेतृत्व लिएको बेलामा आफ्नो मात्रै हस्ताक्षर गर्न बाँकी राखेर किस्तीमा प्रधानमन्त्री पद पाएको तर आफूले त्यसलाई वास्ता नगरेको बताएका छन् । उनले भने, ‘२१ सिटको दलको नेता हुँदा मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएकै हो । हुन चाहेको भए गाह्रो थिएन । त्यतिबेला एउटै कुरा दिमागमा आयो, यत्रो आन्दोलन र जनताको यत्रो आशा कहाँ जान्छ ? दुई-चार महिना, ६ महिना प्रधानमन्त्री बन्थेँ होला । सिंहदरबारमा तस्बिर झुण्ड्याउँथे होला । तर देशले यत्रो आन्दोलन र परिवर्तन कुरेर बसेको थियो । मसँग यसलाई रोक्ने अधिकार थिएन । यही महसुस गरेर किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो ।’
प्रकाशित मिति : August 23, 2026 at 6:11 pm


