औद्योगिक क्षेत्रको जग्गा विवादबारे सरकारको ध्यानाकर्षण
१५ फागुन, काठमाडौँ । राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा अवस्थित औद्योगिक क्षेत्र रहेका जग्गामा देखिएको विवादबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले रुपन्देही, पोखरा र हेटौँडालगायत स्थानमा रहेका औद्योगिक क्षेत्रका जमीनबारे स्थानीय तह र सङ्घीय सरकारबीच नै विवाद रहेकाले सम्बन्धित मन्त्रालयले प्रस्ट जवाफ दिनुपर्ने माग गर्नुभयो ।

सांसद रामलखन चमारले देशका विभिन्न स्थानमा रहेका भन्सार कार्यालय घाटामा रहेको बारे सम्बन्धित मन्त्रालय जवाफ दिनुपर्ने बताउनुभयो । सांसद शान्तिकुमारी अधिकारीले लामो समयसम्म पनि निर्मला पन्तका हत्यारा नलागेको भन्दै सरकाको ध्यानाकर्षण गराउनुभयो ।
प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १४:०८












